प्रतितोला ६ सयले घट्यो सुनको मूल्य
काठमाडौं, फागुन २५ : सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।मंगलबार सुनको मूल्य घटेर छापावाल सुन प्रतितोलाको मुल्य ८५ हजार ६ सय...
काठमाडौं, फागुन २५ : सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।
मंगलबार सुनको मूल्य घटेर छापावाल सुन प्रतितोलाको मुल्य ८५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रुपैयाँ छ । चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
