Kathmandu Press

काठमाडाैंसहित देशभर हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैं, जेठ १८ : पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले ज....

काठमाडाैंसहित देशभर हावाहुरीसहित वर्षाको सम्भावना
फाइल फोटो

काठमाडाैं, जेठ १८ : पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पश्चिमी वायुको प्रभावले माैसम आंशिकदेखि सामान्य बदली रहेर शनिबार अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको हो। पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्।

सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ। सोमबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र  अधिकमत तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको छ। 

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, जेठ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्