Kathmandu Press

अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचनको घोषणा माग

मकवानपुर, फागुन २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचन घोषणा गर्न आवश्यकता भएको बताएका छन् ।राप्रपा...
अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचनको घोषणा माग

मकवानपुर, फागुन २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचन घोषणा गर्न आवश्यकता भएको बताएका छन् ।

राप्रपा थाहा नगर समिति पालुङद्वारा नौखण्डेमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग र संवैधानिक निकायले कसैको दबाबमा नपरी आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड  दिए । 
    
भेलामा राप्रपा मकवानपुरका उपाध्यक्ष गुञ्जनबहादुर न्यौपाने,  हेटौँडा नगरका अध्यक्ष गुरुप्रसाद सापकोटा र थाहा नगर समितिका अध्यक्ष सङ्गम रायमाझीले पार्टीप्रति जनताको आस्था बढाउन र पार्टी सङ्गठनलाई दरिलो पार्न नेता तथा कार्यकर्ता जनताको घरदैलामा पुग्नुपर्ने बेला आएको बताए ।  
 

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्