Kathmandu Press

 प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक 

काठमाडौं, फागुन २५ : प्रधानमन्त्री केपी ओलीले मंगलबार दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन्। सर्वोच्च अदालतले आइतबार नेकपा एकता प्रक्रिया खारेज गर्दै एमाले...
 प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक 

काठमाडौं, फागुन २५ : प्रधानमन्त्री केपी ओलीले मंगलबार दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन्। 

सर्वोच्च अदालतले आइतबार नेकपा एकता प्रक्रिया खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन्। यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ।

आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भएको थियो । 

प्रकाशित मिति: १०:५५ बजे, मंगलबार, फागुन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्