केही स्थानमा मेघ गर्ज सहित हल्का वर्षाको सम्भावना
काठमाडौं, फागुन २५ : आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक दुई स्थानमा मेघ गर्जन सहित...
काठमाडौं, फागुन २५ : आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बाँकी भूभागमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज सामान्यतया मौसम बदली हुने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १० डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ९ मिनेटमा हुनेछ ।
प्रकाशित मिति: ०७:३३ बजे, मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











