Kathmandu Press

पुरानै सहमतिलाई अनावश्यक रूपले उचाल्ने काम भयो: प्रचण्ड

विराटनगर, जेठ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण इमान्दारीका साथ कार्यान्वयन हुने बताएका छन्।&....

पुरानै सहमतिलाई अनावश्यक रूपले उचाल्ने काम भयो: प्रचण्ड

विराटनगर, जेठ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण इमान्दारीका साथ कार्यान्वयन हुने बताएका छन्। 

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने बताएका हुन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह गरे। 

प्रचण्डले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गरे। प्रचण्डले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन आग्रह गरे। 

दुई पार्टीबीच भएको निर्णय पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने उनले बताए। प्रचण्डले जेठ २० गते बस्ने सचिवालय बैठकले पार्टी एकीकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी दिए।
 

प्रकाशित मिति: १२:०१ बजे, शनिबार, जेठ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्