Kathmandu Press

नारी दिवसमा पठाओद्वारा उत्कृष्ट महिला राइडरलाई सम्मान

काठमाडौं, फागुन २४ : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ।पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला...
नारी दिवसमा पठाओद्वारा उत्कृष्ट महिला राइडरलाई सम्मान

काठमाडौं, फागुन २४ : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ।

पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिन्। कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान समेत गरेका थिए।

महिला सशक्तिकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएकाले पठाओमा आवद्ध भएर महिला दिदीबहिनी सक्रिय भएको देख्दा खुशी लागेको हमालले बताइन्।

पठाओ नेपालमा हाल करिब एक हजार ६ सय जना महिला राइडर आवद्ध छन्। जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब ३० हजार रहेको उनले बताइन्।

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्