Kathmandu Press

एसिड प्रहारलगायतका हिंसामा फाँसी दिने व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री राउत

जनकपुर, फागुन २४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारलगायतका हिंसामा फाँसी दिने व्यवस्था हुनुपर्ने बताएका छन्।अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा  ‘बेटी...
एसिड प्रहारलगायतका हिंसामा फाँसी दिने व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री राउत

जनकपुर, फागुन २४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारलगायतका हिंसामा फाँसी दिने व्यवस्था हुनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा  ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जनकपुरमा आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राउतले महिलामाथि हुने हिंसामा सामान्य सजायले नपुग्ने बताए। 'एसिड प्रहार, बलात्कारलगायतका हिंसाजन्य अपराधमा साधारण सजायले पुग्दैन। फाँसी दिने व्यवस्था हुनुपर्छ,; मुख्यमन्त्री राउतले भने।

उनले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी भएको बताएका छन्। छोरीलाई अभिशाप, समस्याका रूपमा लिने संरचनागत मनोवृत्तिमा सुधारको खाँचो औँल्याए।

मुख्यमन्त्री राउतले छोरीलाई सशक्त बनाई हिस्सेदारीमा सहभागी बनाउनु आजको आवश्यकता रहेको जनाउँदै प्रदेश सरकारले छोरीलाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना सञ्चालन गरिरहेको बताए।

उनले प्रदेश सरकारद्वारा सञ्चालित छोरी बीमा कार्यक्रम गणितीय समस्याका कारण हाल स्थगित भए पनि समस्या समाधान गरी छिट्टै निरन्तरता दिने गृहकार्य भइरहेको बताए।

प्रदेश सभा सदस्य परमेश्वर साह र सरस्वती चौधरीले भेद्भाव गर्ने मानसिकताको अन्त्य गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।

नीति, योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले नारी आदिशक्ति र स्वतन्त्रताको सन्देशबोधक भएको बताए।

उपसभामुख उपमा कुमारी देवको सभापतित्वमा भएको कार्यक्रममा धनुषाका २७ वटा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक हजार ५२० छात्रालाई साइकल वितरण गरिएको थियो।

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्