Kathmandu Press

थपिए ८९ जना काेराेना संक्रमित

काठमाडौं, फागुन २४ : नेपालमा पछिल्लो २४ घन्टामा ८९ जनामा कोरोना देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ९९ जनाको...
थपिए ८९ जना काेराेना संक्रमित

काठमाडौं, फागुन २४ : नेपालमा पछिल्लो २४ घन्टामा ८९ जनामा कोरोना देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घन्टाको संख्या थपिएपछि नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ।

कोरोनाका कारण एक जनाकाे मृत्यु भएकाे छ। त्याेसहित हालसम्म ३ हजार ११ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा ४२ जना निको भएसँगै २ लाख ७० हजार ९ सय २७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ८ सय ७२ छ।

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्