औद्योगिक राहत कोष स्थापना
चितवन, फागुन २४ : उद्योग संघ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको...
चितवन, फागुन २४ : उद्योग संघ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो।
संघका अध्यक्ष राजु पौडेलले आफूले एक लाख रुपैयाँ राखेर कोषको शुभारम्भ गरेको बताए। ‘कोषमा रकम जम्मा गरेअनुसार विपत् पर्दा ६ महिनासम्म बिनाब्याज सहयोग गरिनेछ,’ उनले भने।
कोषमा जम्मा गरेको रकमको १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग ६ महीनाका लागि गरिनेछ। यस्तो सहयोग अधिकतम ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले जानकारी दिए।
प्रकाशित मिति: १६:२३ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
