Kathmandu Press

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो

काठमाडौं, फागुन २४ : मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि त्यसकाे बहाव बढेको छ ।मेलम्ची खोलाबाट २...
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो

काठमाडौं, फागुन २४ : मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि त्यसकाे बहाव बढेको छ ।

मेलम्ची खोलाबाट २ सय ६० लिटर पानी प्रतिसेकेन्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी वाग्मतीमा हालेपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ । 
 
नदीमा जमेको कालो लेदो वाग्मतीमा बहाव बढेपछि बगाएको देखिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जानकारी दिएको छ।

वाग्मतीमा मेलम्चीको पानी हालेपछि बहाव बढेको देखिए पनि नदीको चौडाइ फराकिलो भएको स्थानमा भने ढाकिएको छैन। 

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्