‘सरकार–विप्लव सहमतिमा हतियारबारे उल्लेख नहुनु डरलाग्दो विषय’
काठमाडौं, फागुन २४ : मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले हतियार व्यवस्थापनबारे केही उल्लेख नभएकाले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको...
काठमाडौं, फागुन २४ : मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले हतियार व्यवस्थापनबारे केही उल्लेख नभएकाले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको सहमतिप्रति नागरिक सशंकित रहेको बताएका छन्।
उनले सहमतिमा हतियार व्प्यवस्थापनबारे केही नलेखिएको हुनाले डरलाग्दो स्थिति आउन सक्ने उनले बताए । सरकार र विप्लव समूहले एकअर्कालाई रणनीतिक रूपमा प्रयोग मात्र गर्न खोजेको हुन सक्ने दाबी उनको थियो।
बुटवलमा साेमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हिंसात्मक राजनीतिको भविष्य नभएकाले विप्लव सहमतिमा आउन बाध्य भएको जिकिर उनले गरे।
लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार कमजोर बनाउन गरिने सबैखाले प्रयास असफल बनाउन शान्ति समाज सक्रिय रहने उनको भनाइ थियाे ।
प्रकाशित मिति: १३:२२ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











