सपोर्ट लघुवित्तको छैटौं साधारण सभा चैत २० गते
काठमाडौं, फागुन २४ : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं साधारण सभा चैत २० गते इटहरीमा हुने भएको छ।संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको...
काठमाडौं, फागुन २४ : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं साधारण सभा चैत २० गते इटहरीमा हुने भएको छ।
संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित होटल इस्टर्न प्यालेसमा चैत २० गते बिहान ९ बजे साधारण सभा सुरु गर्ने निर्णय गरेको हाे । बैठकले चैत ६ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णयसमेत गरेको छ।
साधारण सभामा आव २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने, २०७७ असार मसान्त सम्मको वासलात प्रस्तुत गर्नेलगायत सामान्य प्रस्ताव र पैबन्धपत्र तथा नियमावली संशोधन, अन्य वित्तिीय संस्थासँग मर्ज, सञ्चालक समित बैठक भत्ता, सञ्चार खर्च वृद्धिलगायत विशेष प्रस्तावमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १३:०३ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
