प्रधानमन्त्री ओली स्वदेश फिर्ता, पत्रकारसँग बोलेनन्
काठमाडौं, जेठ १७ : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्....
काठमाडौं, जेठ १७ : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी भइ प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको बिमानबाट अपरान्ह काठमाडौं ओर्लिएका हुन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन बिमास्थलको अति बिशिष्ठ कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा लगायतले स्वागत गरेका थिए। पत्रकारहरुसँग बाेल्न भने प्रधानमन्त्री ओली बाेल्न मानेनन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली र समकक्षी भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता भएको थियो।
सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग पनि संक्षिप्त भेटवार्ता गरेका थिए ।






