Kathmandu Press

उद्योग वाणिज्य संघ काभ्रेमा पसछे

काभ्रे, फागुन २४ :  काभ्रे उद्योग वाणिज्य संघमा अध्यक्षमा राजेन्द्र पसछे विजयी भएका छन् । आइतबार भएको संघको ४१औं साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र...
उद्योग वाणिज्य संघ काभ्रेमा पसछे

काभ्रे, फागुन २४ :  काभ्रे उद्योग वाणिज्य संघमा अध्यक्षमा राजेन्द्र पसछे विजयी भएका छन् । आइतबार भएको संघको ४१औं साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे अध्यक्षमा निर्वाचित भएका हुन्।

आइतबार भएको मतदानमा पसछेले वसन्तनारायण भोछिभोयालाई एक सय एक मतले पराजित गरे । पसछेले पाँच सय ४० मत ल्याएका थिए भने भोछिभोयाले ४३९ मत प्राप्त गरे ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध निर्वाचन छन् भने अन्य दुई उपाध्यक्षमा उपाध्यक्षमा ग्रोवेन तौज र कैलास पलाञ्चोक विजयी भए । पलाञ्चोकले छ सय ९८ मत प्राप्त गर्दा तौजले छ सय दुई ल्याए।

यस्तै, महासचिवमा रवीन्द्र बैदार विजयी भएका छन् । उनले विकास तिमिल्सिनालाई पराजित गरे । बैदारले पाँच सय ९० मत प्राप्त गरे भने तिमल्सिनाले ती सय ६४ मत ल्याए। सचिवमा भने यशकुमार रञ्जीत निर्विरोध निर्वाचित भए भने कोषाध्यक्षमा रञ्जित पलाञ्चोके, सहसचिवमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ र सहमुख्य संयोजकमा रुसन श्रेष्ठ विजयी भए।


यसैगरी खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ (बी), अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ (ए), उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल विजयी भएका छन्। महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एशोसियटतर्फ साजन शाक्य निर्विरोध निर्वाचित भए ।

 

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्