Kathmandu Press

‘महिलालाई राजनीतिमा गलत प्रयोग नगरौ’

‘महिलालाई राजनीतिमा गलत प्रयोग नगरौ’

कैलाली, फागुन २४ : १११औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा कैलालीमा अयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले महिलालाई राजनीतिमा गलत प्रयोग गर्न आग्रह गरेका छन् ।

सांसद सुकदैया चौधरी, अधिकारकर्मी कमला केसी, महिला नेतृ कमला शाही सामाजिक अभियन्ता निर्मला कठायतलगायतले  ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ कार्यक्रममा  समान व्यवहारका लागि नेतृत्वमा रहेका महिला, राजनीतिमा आबद्ध भएका, सामाजिक अगुवाले घरबाटै थालनी गर्नुपर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताइन् । उनले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेको बताइन् । उनले राजनीति तथा सामाजिक सेवामा लागेका महिलालाई चारित्रिक प्रहार बढेको उल्लखे गरिन् ।

यस्तै, अधिकारकर्मी कमला केसीले छोरीलाई कन्यादान गरेर दिने चलन गलत प्रयोग भएको बताइन् । उनले भनिन्, ‘छोरी अंश र बंश हो, हामी त्यही छोरी दान गरेर दिन्छौं । यो गलत हो, अहिले आत्महत्या गर्नेमा महिलाको संख्या बढी छ, विकल्प नदेखेर महिलाले आत्महत्या गर्छ । यसलाई रोक्न छोरीमाथि भइरहेको अत्याचार रोक्न छोरीलाई बलियो बनाउन आवश्यक छ ।’
    
महिला नेत्री कमला शाहीले हिंसा न्यूनीकरणका लागि योजना बनाएर काम गर्न जरुरी रहेको बताइन् । उनले पुरुषसँग प्रतिस्पर्धा गर्ने महिलालाई राजनीतिबाट पनि पाखा लगाइएको बताइन् । यस्तै, नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले जन्मदेखि नै छोरीलाई गरिने विभेद अन्त्य गर्न महिला, पुरुष दुवै सचेत हुन जरुरी रहेको बताइन्।

 

 

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, फागुन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्