काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको सरकारले संघीयता नै बिर्सेर बजे...." />काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको सरकारले संघीयता नै बिर्सेर बजे...." />काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको सरकारले संघीयता नै बिर्सेर बजे....">
Kathmandu Press

कांग्रेसले भन्यो–दुई तिहाइ सरकारको बजेट संघीयता विरोधी

काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको सरकारले संघीयता नै बिर्सेर बजे....

कांग्रेसले भन्यो–दुई तिहाइ सरकारको बजेट संघीयता विरोधी

काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको सरकारले संघीयता नै बिर्सेर बजेट सार्वजनिक गरेको आरोप लगाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७ को बजेटको विषयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो। 

संविधान अनुरुप तीन तहका सरकारले बेग्लाबेग्लै बजेट बनाउँछन् भन्ने सैद्धान्तिक ज्ञान बिर्सेर सरकारले नयाँ बजेट ल्याएको आरोप कांग्रेसले लगाएको छ। वडाले छुट्याउने र वडाले नै खर्च गर्ने बजेट समेत केन्द्रबाट तोक्न खोजिएको आरोप कांग्रेसले लगाएको छ। 

कांग्रेसको छायाँ सरकारमा अर्थ मन्त्रालय हेर्ने संयोजक मिनेन्द्र रिजालले वितरणमुखी र संघीयताविरोधी बजेट आएको बताए। प्रधामन्त्री केपी शर्मा ओलीले आफूमा शक्ति केन्द्रित गरिरहेका बेला बजेटमा समेत त्यही केन्द्रीकरण झल्किनु दुर्भाग्यपूर्ण रहेको रिजालले बताए।

‘शक्ति केन्द्रित गरेर विकास हुने भए राणाकालमै नेपालको विकास हुने थियो, लोकतन्त्र वा संघीयताका लागि लड्नुपर्ने थिएन,’ रिजालले भने। सबै बजेट केन्द्रले बाँडफाड गर्ने हो भने प्रदेश र स्थानीय सरकार आवश्यक नै नपर्ने रिजाल बताए।

विकास बजेटमा प्राथमिकता दिइनुपर्नेमा चालु खर्चमा बजेट खन्याइएको आरोप समेत रिजालले लगाए। ‘सरकारले ९ खर्ब ८१ अर्ब राजस्व संकलनको लक्ष्य राखेको तर चालु खर्च पनि ९ खर्ब ५७ अर्ब अनुमान गरिएको छ, विकास खर्चका लागि चाहिँ ऋण लिएर देश समृद्ध हुन्छ?’ रिजालले प्रश्न गरे। 

सरकारले पूँजीगत खर्च भने ४ खर्ब राख्नुले विकास गर्ने उद्देश्य सरकारको नभएको प्रष्ट भएको समेत रिजालले बताए। ‘विकास खर्च गर्न सबै ऋण उठाउने कुरा गरिएको छ, ऋण नआए विकास नगर्ने?’ रिजालले प्रश्न गरे। 

सरकारले ३ खर्ब विदेशी ऋण र २ खर्ब आन्तरिक ऋणबाट विकास खर्च गर्ने लक्ष्य राख्नुले सरकार विकास निर्माणमा गम्भीर छैन भन्ने प्रष्ट भएको आरोप कांग्रेसले लगाएको छ। 
 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, जेठ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्