Kathmandu Press

महङ्गो भयो रक्सी, कुन ब्रान्डमा कति बढाइयो कर? (सूचीसहित)

काठमाडौं, जेठ १७ :  अर्थमन्त्री डा. युवराज खतिवडाले मदिराको अन्तशुल्कमा भारी वृद्धि गरेका छन्। यसकारण अब मदिराको मूल्य झन् महङ्गो भएको छ।&nb....

महङ्गो भयो रक्सी, कुन ब्रान्डमा कति बढाइयो कर? (सूचीसहित)
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, जेठ १७ :  अर्थमन्त्री डा. युवराज खतिवडाले मदिराको अन्तशुल्कमा भारी वृद्धि गरेका छन्। यसकारण अब मदिराको मूल्य झन् महङ्गो भएको छ। 

बुधबार संसदमा आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै खतिवडाले एक लिटर मदिरामा १ हजार ५ सय ६० रुपैयाँसम्म अन्तशुल्क वृद्धि गरेका छन्। 

मदिरामा प्रायः प्रत्येक वर्ष अन्तशुल्क वृद्धि गर्ने गरिएको थियो। तर, यस वर्ष भने अत्यधिक अन्तशुल्क वृद्धि गरिएको छ। 

मदिरामा मिसावट हुने अल्कोहलको मात्राको आधारमा अन्तशुल्क बृद्धि गरिएको छ। अल्कोहलरहित बियरमा प्रतिलिटिर १७ रुपैयाँ अन्तशुल्क तोकिएको छ भने ४८ प्रतिशत अल्कोहल रहने मदिरामा १ हजार ५ सय ६० रुपैयाँ अन्तशुल्क पुर्‍याइएको छ। 

कस्तो मदिरामा कति अन्तशुल्क ? 

मदिरा अन्तशुल्क
अल्कोहलरहित बियर १७ रुपैयाँ
इनर्जी ड्रिङ्स ३० रुपैयाँ 
जौबाट बनेको बियर १६५ रुपैयाँ 
१७ प्रतिशतसम्म अल्कोहल  भएकाे मदिरा ३७० रुपैयाँ
१७ प्रतिशतभन्दा माथि भएकाे अल्काेहल  ४३० रुपैयाँ

स्वदेशमा उत्पादित फलफूलबाट १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको वाइन
१३५ रुपैयाँ
छ्याङ (जाँड) प्रतिलिटर ३५ रुपैयाँ 
सेम्पेन, सेरी, मिड, पेरीलगायत विदेशमा उत्पादित साइडर ४३० रुपैयाँ
स्वदेशमा उत्पादित साइडर १८० रुपैयाँ 
वाइन वा ब्राण्डीको कच्चा पदार्थ  १६५ रुपैयाँ 

१५ युपि शक्ति ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा
१३२५ देखि १५६० रुपैयाँ 
३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहल      ९२० देखि  १३२५ रुपैयाँ 
२५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल      ९९० देखि १३२० रुपैयाँ 
३० युपी शक्ति भएको ३९.९४ प्रतिशत अल्कोहल     ९२० देखि १३१५ रुपैयाँ 
४० युपी शक्तिको ३४.२३ प्रतिशत अल्कोहल    ४६५ देखि ७७० रुपैयाँ
५० युपी शक्तिको २८.५३ प्रतिशत अल्कोहल     ३७५ देखि ७५० रुपैयाँ 
७० युपी शक्तिको १७.१२ प्रतिशत अल्कोहल    ३५ देखि ११५ रुपैयाँ 

स्रोतः आर्थिक विधेयक २०७६ 


 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, जेठ १७, २०७६