मोदीलाई प्रधानमन्त्रीको उपहार नेपालको रुद्राक्षको माला
काठमाडौं, जेठ १७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट लगेको रुद्र....

काठमाडौं, जेठ १७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट लगेको रुद्राक्षको माला उपहार दिएका छन्।
आज दिउसो मोदीसँग भेटवार्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीले उपहार स्वरुप रुद्राक्षको माला दिएका हुन्।
प्रधानमन्त्री ओली र मोदीको शुक्रबार दिउसो दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा मोदीलाई दोस्रो पटक प्रधानमन्त्री भएकोमा बधाई दिँदै नेपालबाटै लगेको रुद्राक्षको माला उपहार दिएका हुन्।
भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाएको छ। जसमा दुवै देशका प्रधानमन्त्रीले मिलेर काम गर्ने विषयमा छलफल गरेका थिए।
मोदीले हिजो दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथग्रहण गरेका थिए। सपथग्रहण समारोहमा विमस्टेक राष्ट्र प्रमुखको सहभागिता रहेको थियो।
प्रधानमन्त्री ओली सपथग्रहण समारोहका लागि हिजै दिल्ली पुगेका थिए। आज अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ।











