तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं, फागुन २३ : स्थानीय बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले बढेको छ ।
आइतबार छापावाला सुन तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले नै उकालो लागेको छ । तोलामा ८५ हजार १५० रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आइतबारका लागि भने ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० रुपैयाँमा कारोवार हुनेछ ।
प्रकाशित मिति: १२:०९ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
