ट्राफिक व्यवस्थापनलाई सहज बनाउन स्वयंसेवक
काठमाडौं, फागुन २३ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।महाशाखा र राष्ट्रिय युवा परिषद्को...
काठमाडौं, फागुन २३ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।
महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न कलेजका २०० जना विद्यार्थीहरुलाई ट्राफिक महाशाखामा शिक्षण दिई काठमाडौँका विभिन्न चोक जक्सन,आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिने महाशाखाले जनाएको छ । महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्नेछ ।
स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
यसअघि नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा विद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिएको महाशाखाले जनाएको छ ।











