Kathmandu Press

आलोपालो कार्यान्वयन नभए पार्टी एकता विथोलिन्छ : बामदेव गौतम

प्यूठान, जेट १७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामेदव गौतमले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति उल्लंघन भए पार्टी एकतानै बिथोलिने बताएका छन....

आलोपालो कार्यान्वयन नभए पार्टी एकता विथोलिन्छ : बामदेव गौतम

प्यूठान, जेट १७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामेदव गौतमले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति उल्लंघन भए पार्टी एकतानै बिथोलिने बताएका छन्।

आज प्युठान पुगेका नेता गौतमले दुई नेताबीच भएको सहमति पालना हुनुपर्ने बताए। प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गौतमले भने, ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा राखेका थिए। उनले प्रधानमन्त्री ओलीले सहमति पालना गर्नेमा आफू ढुक्क रहेको बताएका थिए।

गत जेठ २ गते भएको सहमतिमा दुवै अध्यक्षले आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने उल्लेख छ। सहमितको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ।

त्यही प्रसंगमा नेता गौतमले सहमति अनुसार, अगाडि बढ्नु पर्ने बताए। दुवै अध्यक्षबीच भएको सहमति पालना नभए एकता विथोलिने उनको भनाइ थियो।

प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, जेठ १७, २०७६