Kathmandu Press

कोभिडकालमा अर्काको जीवनमा चियोचर्चो किन ?

मानिस स्वभावैले उत्सुक हुन्छ र एकअर्काको जीवनलाई नियालिरहेको हुन्छ । कोभिड–१९ महामारीयता सामाजिक संसार संकुचित भएको छ । अरूको जीवन हाम्रा लागि प्रेरणाको...
कोभिडकालमा अर्काको जीवनमा चियोचर्चो किन ?

मानिस स्वभावैले उत्सुक हुन्छ र एकअर्काको जीवनलाई नियालिरहेको हुन्छ । कोभिड–१९ महामारीयता सामाजिक संसार संकुचित भएको छ । अरूको जीवन हाम्रा लागि प्रेरणाको स्रोत कमै बनेको पाइन्छ ।

महामारीको समयमा स्वास्थ्य कर्मचारीको बढेको कार्यदिन, राजनीतिज्ञले लकडाउन उल्लंघन गेरका समाचार र कलाकारहरू टापुमा घुम्न गएका तस्बिर कथा चर्चामा रहे । छिमेकीले फोहोर फाल्न निस्किँदा मास्क लगाएको छ कि छैन भनेर झ्यालबाट चियाउने गरिन्थ्यो । मानिस आफ्नो अधिक समय अनलाइनमा बिताइरहेका थिए । जुन २०२० मा ‘यूके वाचडग’ अक्सफमले बयस्कहरूले उनीहरूको दिनको औसत एक चौथाइ समय इन्टरनेटमा बिताएको खुलासा गरेको थियो । महामारीको सुरुमै एउटा विश्वव्यापी सर्वेक्षणमा ४० प्रतिशत उपभोक्ता सामाजिक सञ्जालमा लामो समय बिताइरहेको पाइएको थियो ।

मानिस सूचना, समाचार र व्यक्तिगत खबरमा रमाएका थिए । ब्रुनेल युनिभर्सिटी लन्डनका सिनियर लेक्चरर एन चापलले प्लाइमाउथ विश्वविद्यालयका एसोसिएट प्रोफेसर जुली पार्सन्ससँग मिलेर महामारीको समयमा मानिसको व्यवहारबारे अध्ययन गरेकी थिइन् । उनका अनुसार महामारीका बेला अन्य व्यक्तिको जीवनबारे मानिसको चासो नयाँ उचाइमा पुगेको अध्ययनमा पाइएको थियो ।

Hardik ivf

यो बानी अलि अहंकारी र विचित्र पनि लाग्न सक्छ । तर, यो बानी खराब नहुन सक्छ । अन्य व्यक्तिलाई अवलोकन गर्दा मानिसलाई प्रत्येक जीवनको मोडसँग लड्न र समस्याबाट बाहिर निस्किन मद्दत पुर्‍याउन सक्छ । र, आफैँलाई कसरी अनुकूल बनाउने भन्ने कुरा सिक्न मद्दत गर्न सक्छ ।

एक साझा समझ

अवश्य पनि अरूको पीडा वा समस्या देखेर रमाउने बानी नौलो होइन । हामीसँग १९ औँ शताब्दीका अखबारहरूमा प्रोटो–कार्दासियन्सको लेखाजोखा राख्ने समाज पृष्ठ थिए । त्यसअघि पिपुल पत्रिका थियो, जो इन्स्टाग्राम स्टोरीभन्दा पहिले ख्याती कमाएको थियो । अहिले हामीसँग मेटाफोरिकल फेन्समा हेर्ने धेरै तरिका छन्, जो हामी दशकौँ अगाडि हेर्ने गथ्र्यौँ ।

समाचार प्रदायकले उपलब्ध गराउने तस्बिर कथाहरूले जीवनका नयाँ विचारका अंश बुझाउँछन् । तस्बिर कथाहरूले एक आयाम र मानव दृष्टिकोण थप्छन् । सामाजिक सञ्जालमा हामीसँग फेसबुक मात्र छैन, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र क्लबहाउस छन् । समाजिक सञ्जालको विविधताले अरूलाई अवलोकन गर्ने अवसर प्रदान गरेको छ ।

अरूको जीवनमा हेर्ने यो चाहना केवल दर्शनरती होइन । तथापि, यसले प्रायः अवैध वा यौन व्यवहारलाई जनाउँछ । एक निष्क्रिय निरीक्षकले अरूलाई सक्रिय रूपमा हेरिरहेको हुन्छ । सधैँ होइन, कहिलेकाहीँ तर कसैको नजर नपर्ने गरी ।

हामीले अरू मानिसका गतिविधि हेर्दा के पाउँछौँ ? चापलको बुझाइमा यो एक रुग्ण मोह हो । उनी भन्छिन्, ‘तर, यो धेरै सक्रिय अवस्थाको आदानप्रदान हो, जो हाम्रो वरिपरिको वातावरणलाई बुझ्ने कोशिस गरिरहेको हुन्छ ।’

चापलले एनी फ्र्यान्कजस्ता व्यक्तिहरूको ऐतिहासिक डायरी उल्लेख गरिन । उनले भनिन्, ‘तिनीहरू एक व्यक्तिभन्दा बढी विचार हुन् । उनीहरूले हामीलाई व्यक्तिगत जीवन र उनीहरूको वरिपरि समाजले कसरी काम गर्छ भन्ने बताउँछन् ।’

त्यसको अर्थ अवलोकन गर्ने हाम्रो चाहना हामी आफ्नैबारेमा बताउने कथाको माध्यमबाट हामी को हौँ भनेर जान्ने र आदानप्रदान गर्ने चाहनाबाट जन्मेको देखिन्छ । ‘हामीले प्रत्यक्ष रूपमा अन्य व्यक्तिसँग भेटेका सबै कथा, हामीले पढेका र हेर्ने अनि सुन्ने सबै कथासँग हामी जोडिन्छौँ । यो सबै कुराले हाम्रो समाजको साझा समझदारीलाई आकार दिनमा केही प्रकारको प्रभाव पारिरहेको छ,’ चापल भन्छिन् ।

सिकाइ र गराइ

जब कोभिड–१९ ले विश्वलाई अस्तव्यस्त बनायो, मानिस त्यस्ता कथा सुन्न प्रेरित भए । सबै प्रकारका सूचना उपभोग गर्ने तीव्र इच्छा दैनिक जीवनको अभिन्न पाटोका रूपमा देखापर्‍यो । ‘महामारीका क्रममा बढ्दो सामाजिक दूरीले हामी वरपर भएका व्यक्तिहरूको जीवनमा बढी उत्सुक र चासो राख्यौँ,’ न्युयोर्कस्थित लेनोक्स हिल अस्पतालका क्लिनिकल साइकोलोजिस्ट सब्रिना रोमानोफ भन्छिन्, ‘चाहे हामीसँग कार्यालयमा सँगै काम गर्ने सहकर्मी वा तपाईंको बच्चाको फुटबल टिमका अभिभावकलाई हामी सम्झना गर्छौँ ।’

सामाजिक सञ्जाल यस्तो मञ्च बनेको छ, जसले हामीलाई हाम्रो चारकिल्लाबाट निकाल्न मद्दत गर्छ र यसले हामीलाई भर्चुअल संसार हुँदै अरूको जीवन नियाल्ने अनुमति दिन्छ । यसले यो वास्तविक संसारमा जडित अवसरका लागि एक ‘प्लेसेबो’ उपलब्ध गराउँछ ।

कल्चरल एन्ड ब्रान्ड स्ट्राटेजी विज्ञ लोरा टारबक्सले सामाजिक सञ्जालमा भइरहेका परिवर्तन र व्यवहारहरूको अध्ययन गर्छिन् । उनका अनुसार यी अन्तक्र्रियाहरू वास्तविक जीवनमा भएका भेटघाटजत्तिकै सन्तोषजनक नहुन सक्छन् । रोमानोफको भनाइमा सामाजिक सञ्जाल हामीले अन्य मानिससँग सहज सम्पर्कका लागि अनुसरण गरेका तरिकामध्ये एक हो । ‘टिकटक, इन्स्टाग्राम र स्न्यापच्याटजस्ता प्लेटफर्मले सबैलाई भर्चुअल मार्ग पार गर्न मद्दत गर्छन्, जसलाई हामी सायदै लकडाउनका बेला भेट्ने थियौँ,’ टारबक्सले थपिन् ।

सामाजिक सञ्जालको भूमिका नयाँ मापदण्डहरू छिटो स्थापना गर्नमा पनि देखिन्छ । विवाहमा मास्क नलगाएको पाहुनाका तस्बिर हेरेर मानिसले सामाजिक सञ्जालमा खिल्ली उडाइरहेका हुन्छन् । यस्तै, कलाकारको इन्स्टाग्राममा उनीहरूले गरेको अनावश्यक यात्राको तस्बिरमाथि टिप्पणी गरिरहेका हुन्छन् ।

‘हामीले सामाजिक सञ्जाललाई चेतनशील र अचेत दुवै अवस्थामा अनुगमन गरिरहेका हुन्छौँ । महामारीको समयमा नयाँ नियम बुझ्न, विवेक प्राप्त गर्न र वास्तविक समयमा सिर्जना भइरहेको नयाँ सामाजिक शैलीलाई अपनाउन समाजिक सञ्जाल उपयोगी देखिएका छन्,’ टारबक्सले भनिन् ।

अन्य ज्ञानका स्रोतले पनि हामीलाई सिकाउन सक्छन् । जस्तो– लेखहरू पढ्ने, वृत्तचित्र हेर्ने वा हिँडिरहेका बटुवालाई अवलोकन गर्ने । अझ पाठ्यपुस्तक खाली समयमा बढी उपयोगी हुन सक्छन् । ‘हामी अरूलाई विवरणको केन्द्रका रूपमा प्रयोग गर्छौँ,’ रोमानोफ भन्छिन्, ‘मानिसहरू त्यस्ता विवरण आफ्नो जीवनको मूल्यांकनका लागि प्रयोग गर्छन् । हामी सामाजिक प्राणी हौँ र जब सापेक्षतामा आधारित निर्णयहरू बनाउने सन्दर्भ आइपर्छ, तब हामी आफन्त र अन्य समुदायमा निर्भर रहन्छौँ ।’

अरूको जीवन– चाहे टीभीमा देखाइएको मेडिकल वृत्तचित्रको एक झिंगा होस्, एक मित्रको कोभिड–१९ संक्रमित हजुरआमाको बारेमा फेसबुकमा गरिएको पोस्ट वा मृत्युका समाचारमा गरिएका टिप्पणीले एकसाथ सामूहिक ज्ञान प्राप्त गर्ने विन्दु प्रदान गर्छन् ।

‘जीवित प्राणी’

अवश्य पनि सामाजिक सञ्जालमा उपलब्ध धेरै समाचार तनाव दिने प्रकृतिका हुन सक्छन् । जब हाम्रा संज्ञानात्मक प्रक्रियाहरूले त्यस्तो तनावलाई बढाउन सक्छन् ।

तर, यदि तपाईं इन्स्टाग्राममा स्क्रल गर्दै साथीहरू के गर्दै छन् भनेर हेर्दै हुनुहुन्छ भने अथवा फ्रन्टलाइन श्रमिकहरूको बारेमा कार्यक्रम हेर्दै वा महामारीको मानसिक स्वास्थ्य प्रभावको बारेमा लेखहरू पढ्दै हुनुहुन्छ भने यी सबै फलदायी नहुन सक्छन् । तर, यो हाम्रो समयका अवरोधहरूको सामना गर्ने, व्यक्तिगत चिन्ता प्रशोधन गर्ने र हाम्रो अनौठो नयाँ संसारको अर्थ बुझाउने एउटा तरिका हो ।

‘हामी सधैँ अर्कालाई हेर्छौं किनकि हामी जीवित प्राणी हौँ । किनकि, हामी हाम्रो जीवनको अर्थ अरूसँगको सम्बन्धद्वारा बनाउँछौँ, ’ चापल भन्छिन् । - बीबीसीबाट
 

प्रकाशित मिति: ०७:३१ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्