Kathmandu Press

प्रचण्डलाई ओलीको दिल्लीबाट जवाफ, ‘एक वर्ष होइन, चार-पाँच दिनमात्रै बाँकी छ’

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिल्लीबाट व्यंगात्मक जव....

प्रचण्डलाई ओलीको दिल्लीबाट जवाफ, ‘एक वर्ष होइन, चार-पाँच दिनमात्रै बाँकी छ’

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिल्लीबाट व्यंगात्मक जवाफ दिएका छन्। प्रधानमन्त्री ओलीले भनेका छन, ‘एक वर्ष होइन, चार-पाँच दिनमात्रै बाँकी छ।’

नेकपा अध्यक्ष प्रचण्डले केही दिन अघि हिमालय टिभीसँगको अन्तर्वार्तामा सत्ता साझेदारीसम्बन्धी भएको सहमतिका बारेमा बोलेका थिए। उनले नेकपा अध्यक्ष ओली र आफूबीच सरकारको नेतृत्वबारे सहमति भएको खुलाएका थिए।

साढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। त्यसपछि प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको प्रचण्डको भनाइ थियो। डेढ वर्ष वितेको र अब एक वर्षपछि ओलीले सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको प्रचण्डको भनाइ थियो।

त्यसको प्रधानमन्त्री ओलीले व्यंगात्मक जफाव दिएका हुन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन हिजो दिल्ली गएका थिए। दिल्लीमा संचारकर्मीसँग कुराकानी गर्दै आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने पुरानो सहमति भएको तर्क गरेका छन्।

आज दिल्लीमा संचारकर्मीले सोधे, ‘नेकपा एकीकरणको बेला भएको सहमति अनुसार तपाईको प्रधानमन्त्री पद त एक वर्ष मात्रै बाँकी छ नि?’

प्रधानमन्त्री ओलीले हाँस्दै जवाफ दिए, ‘एक वर्ष होइन, चार–पाँच दिन मात्रै बाँकी छ।’

अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र भएको उनको भनाइ थियो। यो पहिले नै बाहिर आएको विषयको भएको भन्दै उनले हाँसेर टारे।

भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री ओली आज दिउसो स्वदेश फर्कदै छन्।

 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, जेठ १७, २०७६