Kathmandu Press

मध्यतमोर जलविद्युतको सुरुङमा दुई मजदुरको मृत्यु

ताप्लेजुङ, फागुन २२ : ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको मृत्यु भएको छ।सुरुङभित्र काम गरिरहेको बेला...
मध्यतमोर जलविद्युतको सुरुङमा दुई मजदुरको मृत्यु

ताप्लेजुङ, फागुन २२ : ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको मृत्यु भएको छ।

सुरुङभित्र काम गरिरहेको बेला माथिबाट झरेको ढुङ्गाले किचेर मजदुरको मृत्यु भएको आयोजनाले जनाएको छ। ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन्।

सुरुङभित्र काम गर्दै गरेको अवस्थामा शनिबार दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए।

थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित मिति: १९:५८ बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्