Kathmandu Press

शनिबार थपिए ४७ जना कोरोना संक्रमित

काठमाडौं, फागुन २२ : नेपालमा शनिबार ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घन्टामा ३५३५ मा पिसिआर गर्दा  ४७ जना कोरोना संक्रमित...
शनिबार थपिए ४७ जना कोरोना संक्रमित

काठमाडौं, फागुन २२ : नेपालमा शनिबार ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

 पछिल्लो २४ घन्टामा ३५३५ मा पिसिआर गर्दा  ४७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ६२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८२८ पुगेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।


 

प्रकाशित मिति: १७:०० बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्