व्यवसायी प्रभाकर शम्शेर राणाको अमेरिकामा निधन
काठमाडौं, जेठ १७ : व्यवसायी प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ।
उनको उपच....
काठमाडौं, जेठ १७ : व्यवसायी प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ।
उनको उपचारको क्रममा हिजो राति निधन भएको हो। पाँच तारे सोल्टी होटलका संस्थापक अध्यक्ष राणााले दर्जनौ व्यवसायको नेतृत्व गरेका थिए।
एक वर्षदेखि नशासम्बन्धी रोगबाट ग्रसित उनी अमेरिकास्थित विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए।
उनका सिप्रदी ट्रेडिङ, सूर्य टोबाको, हिमाल इन्टरनेसनल पावरलगायतका सफल व्यवसायहरु रहेका छन्।
उनको अन्त्यष्टिका लागि नेपाल ल्याउने जनाएको छ।
प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, जेठ १७, २०७६
थप समाचार






