Kathmandu Press

आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान

ओखलढुङ्गा, जेठ १७ : काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ। आजदेखि हरेक साता राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार ह....

आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान

ओखलढुङ्गा, जेठ १७ : काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ। आजदेखि हरेक साता राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्म हवाई सेवा सुरू हुने भएको हो।
 
करिब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान सरू गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताए।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने उनको भनाइ छ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान संचालन हुनसकेको थिएन।

नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए। अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ।

उनका अनुसार हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ।

प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, जेठ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्