Kathmandu Press

मेडिकल कलेज खोल्न कम्युनिष्ट सरकारले डा.केसीलाई मार्न खोज्यो : गगन थापा

काठमाडौं, माघ ११ :  कांग्रेस सांसद गगन थापाले मेडिकल कलेजका व्यापारीलाई पोस्न कम्युनिस्ट सरकारले संसद्बाट चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित ग....

मेडिकल कलेज खोल्न कम्युनिष्ट सरकारले डा.केसीलाई मार्न खोज्यो : गगन थापा

काठमाडौं, माघ ११ :  कांग्रेस सांसद गगन थापाले मेडिकल कलेजका व्यापारीलाई पोस्न कम्युनिस्ट सरकारले संसद्बाट चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको बताएका छन् ।

सभामुखले प्रतिपक्षी कांग्रेसको विरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएपछि कांग्रेसले अधिनायकवादी चरित्रको रुपमा टिप्पणी गरेको हो । ‘‘प्रतिपक्षसँग मुठभेड गरेर, डा.गोविन्द केसीलाई मारेर सरकारले केही व्यापारी पोस्ने गरी विधेयक पास गरेको छ’’ थापाले भने, ‘ ‘यसको कम्युनिष्ट सरकारले ठूलो मुल्य चुकाउनु पर्नेछ ।’’

सभामुखले मर्यादा नाघेर सरकारको अंगको रुपमा संसद चलाएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले गम्भीर आपत्ती जनाएको छ ।

संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सभामुखले प्रतिपक्षको अवरोधबीच बलजफ्ती पारित गरेपछि सभामुखको तटस्थता सरकारको अंगमा रुपान्त्रण भएको कांग्रेस सांसद थापाको आरोप छ ।

‘‘हामीलाई आज संसदमा विधेयक पेश हुदैन, विरोध भयो भने संसद स्थगित गर्छु भन्नु भयो’’ सांसद थापाले भने, ‘‘तर हामीलाई झुक्काएर सरकारकै अंगको रुपमा सभामुखले एक–दुई जना मेडिकल कलेज व्यापारीका लागि वलजफ्ती विधेयक पेश गराउनु भयो ।’’

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, माघ ११, २०७५