Kathmandu Press

 प्रधानमन्त्रीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने 

काठमाडौं, फागुन २२ : प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले...
 प्रधानमन्त्रीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने 

काठमाडौं, फागुन २२ : प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गरिनेछ । 

 त्यस्तै, भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ ।

आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ ।

 

प्रकाशित मिति: १३:५६ बजे, शनिबार, फागुन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्