Kathmandu Press

प्रि-मनसुनको प्रभाव, देशभर तीन दिन हावाहुरीसहित वर्षा

काठमाडौं, जेठ १७ : प्रि-मनसुन सुरू भएको छ। यसले देशभरको मौसममा बदली ल्याएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, केही दिनदेखि प्रि-मनसुन सु....

प्रि-मनसुनको प्रभाव, देशभर तीन दिन हावाहुरीसहित वर्षा
एजेन्सी

काठमाडौं, जेठ १७ : प्रि-मनसुन सुरू भएको छ। यसले देशभरको मौसममा बदली ल्याएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, केही दिनदेखि प्रि-मनसुन सुरू भएको हो।  जसका कारण देशभरको मौसममा बदली आएको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए।

प्रि-मनसुनलगत्तै मनसुन सुरू हुन्छ। नेपालमा प्रायः जुन १० देखि मनसुन सुरू हुने गर्छ। यसमा केही दिन घटबढ हुने मौसमविद पौडेलले बताए।

अहिले प्रि-मनसुन भएकाले लगातार झरी नपर्नेले उनले बताए। ‘तुलानात्मक रुपमा पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा बढी वर्षा हुने देखिएको छ,’ मौसमविद् पौडेलले भने।

तीन दिनयता देशका विभिन्न स्थानमा छिटफुट वर्षा हुन थालेको छ। यो क्रम अझै केही दिन रहने जनाएको छ।

पश्चिमी तराईमा दुई सातादेखि जमिन तातेको छ। जसले गर्दा शनिबारदेखि मौसममा बदली आएर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले तीन दिनको मौसमसम्बन्धी जानकारी सार्वजनिक गरेको छ। आज देशभर वर्षा हुने जनाएको छ। केही ठाउँमा मेघगर्जनसहित वर्षा हुनेछ।

त्यस्तै, भोलि पनि मौसम फेरबदल हुने जनाएको छ। देशका अधिकांश भागमा वर्षा हुने महाशाखाले जनाएको छ। पूर्वि र मध्य पहाडी भागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

यसैगरी, आइतबार पनि वर्षाको सम्भावना रहेको छ। आइतबार दिउसो पूर्वि र मध्यसँगै पश्चिमी क्षेत्रमा पनि वर्षा हुनेछ।

प्रकाशित मिति: १०:३९ बजे, शुक्रबार, जेठ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्