फर्चिचर उद्योगमा आगलागी, ४५ लाखबराबरको क्षति
चितवन, फागुन २२ : चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा...
चितवन, फागुन २२ : चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट ४५ लाख बराबरको क्षति भएको छ । विद्युत् चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्।
प्रकाशित मिति: ०९:५५ बजे, शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











