कोस्टारिका : सन् २०२१ सम्म विश्वकै पहिलो प्लास्टिक र कार्बनमुक्त देश बन्ने
कोस्टारिका नवीकरणीय श्रोतमा अग्रणी पाँच देशको शीर्ष स्थानमा छ। हेर्दा सानो देखिन्छ। तर, यसको वातावरणीय प्रभाव निकै ठूलो छ। सन् २०१४ यता देशो उर्जा ९९ प्रतिशत नवीक....
कोस्टारिका नवीकरणीय श्रोतमा अग्रणी पाँच देशको शीर्ष स्थानमा छ। हेर्दा सानो देखिन्छ। तर, यसको वातावरणीय प्रभाव निकै ठूलो छ। सन् २०१४ यता देशो उर्जा ९९ प्रतिशत नवीकरणीय श्रोतबाट उत्पादन भइरहेको छ।
अघिल्लो दुई वर्षमा दुई पटक दुई महिनाभन्दा धेरै समय शत प्रतिशत नवीकरणनीय ऊर्जा पनि सञ्चालन गर्दै आएको छ। सन् २०१७ को जूनदेखि कोस्टारिकाले सन् २०२१ सम्म ‘सिंगल–युज प्लास्टिक’को प्रयोग उन्मूलन गर्ने तयारीमा जुटेका छन्। यो प्रयास सफल भए एक पटकमात्रै प्रयोग गरेर फ्याँकिने प्लास्टिकजन्य उत्पादनको प्रयोग उन्मूलन गर्ने कोस्टारिका पहिलो देश हुनेछ।
सन् २०२१ सम्म देशलाई पूर्णतया कार्बनमुक्त देश बनाउने कोस्टारिकाले सन् २०१८ मा घोषणा गरेको छ। यसमा पनि सफल भए कोस्टारिका विश्वकै पूर्णतया कार्बनमुक्त पहिलो देश बन्नेछ। ‘नवीकरणीय श्रोतबाट विद्युत उत्पादन गरे हरितगृह ग्याँस उत्सर्जनको सबैभन्दा न्युन दर प्राप्त हुन्छ,’ कोस्टारिकन इलेक्ट्रिसिटी इन्स्टिट्युट (आइसिई) ले एउटा वक्तव्यमा औंल्याएको छ। चार वर्षदेखि कोस्टारिकाको ९९ प्रतिशत विद्युतनदी, ज्वालामुखी, हावा र सोलार शक्तिजस्ता नवीकरणीय श्रोतबाट उत्पादन भइरहेको छ।
क्यारेबियनकोे ढलानमा अवस्थित रेभेन्तासोन नदीको जलविद्युत प्लान्ट सन् २०१६ देखि सञ्चालनमा आएको हो। मध्य अमेरिकामा यस प्रकारको तर योभन्दा ठूलो प्लान्ट अन्त छैन। आइसिईको वक्तव्यमा तीन चौथाइ नवीकरणीय ऊर्जा नदीको पानी प्रयोग गरेर ६ ओटा जलविद्युत प्लान्ट आउने उल्लेख गरिएको छ। बाँकी विद्युत ‘जियोथर्मल’ र हावाको शक्तिबाट उत्पादन हुन्छ। ‘बायोमास’ र सोलारबाट सबैभन्दा थोरै विद्युत उत्पादन हुने आइसिइको वक्तव्यमा बताइएको छ।
१९८० को दशकदेखि कोस्टारिकाले प्रकृतिलाई सबैभन्दा बलियो सम्पत्ति मान्दै आएको छ। त्यसैले प्रकृतिको संरक्षणका लागि हरसम्भव प्रयास पनि गर्दै आएको छ। चिडियाघर बन्द गरिएका छन्। देशको कुल क्षेत्रफलको २५ प्रतिशत पुनःवन्यकरण गरिएको छ। त्यहाँ संरक्षित क्षेत्रहरू स्थापना गरिएका छन्।
‘प्रचुर जैविक विविधतासँगै कोस्टारिकाले पुनर्वन्यकरण प्रवद्र्धन गरेको छ। देशको एक तिहाइ क्षेत्रलाई प्राकृतिक आरक्ष बनाएको छ। लगभग सबै विद्युत सफला जलविद्युतबाट उत्पादन गरेको छ। यसरी कोस्टारिकाले दूरगामी वातावरणीय नेतृत्व प्रस्तुत गरेको छ,’ जोसेफ स्टिग्लिजले भने।
त्यसपछि प्लास्टिकको दुविधा आयो। त्यसैले पोहोर विश्व वातावरण दिवसको अवसरमा सन् २०२१ सम्म सबै ‘सिङ्गल–युज’ प्लास्टिक हटाउने कोस्टारिकाले राष्ट्रिय योजना घोषणा गर्यो। त्यसपछि प्लास्टिकको साटो शतप्रतिशत ‘रिसाइकल’ गर्न मिल्ने वा ‘बायोडिग्रेडेबल’ र पेट्रोलियममा आधारित नभएको विकल्प प्रयोग गर्नुपर्नेछ। यी लक्ष्यहरू पूरा गर्न देशले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट आर्थिक तथा प्राविधिक सहयोग पाएको छ।
अर्थविद् मोनिका अराया भन्छिन्,‘जैविक इन्धनमुक्त हुन सानो देशका लागि ठूलो अवधारणा हो। नयाँ प्रविधिको विकाससँगै यो अवधारणाले अन्तर्राष्ट्रिय सहयोग पाइरहेको छ। जैविक इन्धनबाट तीव्र रूपमा मुक्त भइरहेको देशले–बाँकी रहेका मुख्य चुनौतीमध्ये एक–यातायातमा ध्यान केन्द्रित गरे विश्वलाई पनि शक्तिशाली सन्देश जानसक्छ।’ अराया कोस्टारिकाकी दिगो विकास विज्ञ हुन्। नवीकरणीय ऊर्जा र विद्युतीय यातायात प्रवद्र्धन गर्ने कोस्टारिका लिम्पियाकी उनी निर्देशक पनि हुन्।
यो वर्षको सुरूमा कार्लाेस आल्भाराओे केसिदा कोस्टारिकाको नयाँ राष्ट्रपति निर्वाचित भए। ‘कार्बाेनाइजेसन’ न्यूनिकरणमा अग्रगामी छलाङ ल्याउनु नै उनको पहिलो प्राथमिकता थियो। शपथ ग्रहण गर्दा जैविक इन्धन प्रतिबन्ध गर्ने र विश्वकै पहिलो कार्बनरहित समाज बन्ने उनले घोषणा गरे। उनले भनेका थिए,‘डिकार्बाेनाइजेसन हाम्रो पुस्ताको सबैभन्दा ठूलो काम हो। यस्तो गर्ने कोस्टारिका पहिलो नभए पनि पहिले गर्ने देशमध्ये एक बन्नुपर्छ।’
पहिलो कार्बनमुक्त समाजको सिर्जना एकदमै ठूलो काम भएको उनी स्वीकार्छन्। तर, यो असाधारण कार्य पूरा हुनेमा उनी ढुक्क छन्। देशको यातायात प्रणालीले सिर्जना गरेको जैविका इन्धन सन् २०२१ सम्म हटाउन उनी एकदमै उत्साहित छन्। स्वतन्त्र कोस्टारिकाको २०० औं वार्षिकोत्सव मनाउने योभन्दा अर्काे ठूलो अवसर हुनसक्दैन।
उनले भने,‘स्वतन्त्र जीवनको २०० औं वर्ष पुग्दा हामी कोस्टारिकालाई अघि बढाउनेछौं र खुशी मनाउने छौं। हाम्रो यातायात प्रणालीबाट पेट्रोलियम पदार्थ हटाइसकेका हुनेछौं।’
भविष्यप्रति सजग सानो देश कोस्टारिकाले वातावरणको संरक्षणमा ठूलो प्रभाव पारेको छ। नागरिकको चौतर्फी हितबारे पनि सचेत छ। कोस्टारिका ‘वेलबिइङ इकोनोमिज अलायन्स’ मा सहभागी छ। यसमा स्कटल्यान्ड, न्यूजिल्यान्ड र स्लोभेनियामा पनि सहभागी छ।
यो सञ्जालले कुल गार्हस्थ उत्पादनलाई जोड नदिई ‘लोकतन्त्र, दिगो विकास र समावेशी वृद्धि प्रवद्र्धन गर्दै सार्वजनिक नीतिले नागरिकको हितलाई वृहत अर्थमा सुनिश्चित गर्न चाहन्छ’। अर्थविद् जोसेफ स्टिग्लिजले पछिल्लो स्तम्भमा यस्तै लेखेका छन्।