Kathmandu Press

नेकपा नामसम्बन्धी मुद्दामा आइतबार फैसला आउने

काठमाडौं, फागुन २१ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कसको भन्ने विवादसम्बन्धी आइतबार फैसला सुनाउने भएको छ।न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको...
नेकपा नामसम्बन्धी मुद्दामा आइतबार फैसला आउने

काठमाडौं, फागुन २१ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कसको भन्ने विवादसम्बन्धी आइतबार फैसला सुनाउने भएको छ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको फागुन १३ गतेको इजलासले फागुन २१ गते फैसला सुनाउने तय गरेको थियो। पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शुक्रबार शोक विदा परेकाले फैसला आएन्।

अब फागुन २३ गते आइतबार नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्चले फैसला सुनाउने भएको हो।

नेपाल कम्युनिस्ट पाटी (नेकपा)ले आफ्नो पार्टीसँग नाम जुँधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेका थिए।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते  एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गरेका थिए।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो। आयोगको निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्