Kathmandu Press

राहुल गान्धीलाई हराउने स्मृति बनिन् मोदी क्याविनेटकी मन्त्री

नयाँदिल्ली, जेठ १६ : भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई हराएर चर्चामा आएकी स्मृति इरानीले मन्त्रीको सपथ लिएकी छिन्। 

बिही....

राहुल गान्धीलाई हराउने स्मृति बनिन् मोदी क्याविनेटकी मन्त्री

नयाँदिल्ली, जेठ १६ : भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई हराएर चर्चामा आएकी स्मृति इरानीले मन्त्रीको सपथ लिएकी छिन्। 

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा इरानीले क्याविनेट मन्त्रीको रुपमा सपथ लिएकी हुन्। लोकसभा निर्वाचनमा कंग्रेसको गढ मानिने अमेठीमा कंग्रेस अध्यक्ष गान्धीलाई पराजित गरेकी थिइन्। निर्वाचनमा गान्धीलाई पराजित गरे लगत्तै  स्मृति मन्त्री बन्ने चर्चा चलेको थियो।

त्यसअघि नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका थिए। मोदीले दोस्रो पटक भारतीय प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका हुन्। 

प्रकाशित मिति: २०:०४ बजे, बिहीबार, जेठ १६, २०७६