Kathmandu Press

मुगुकाे शिक्षाका लागि पाटनमा ‘कर्णालीका रंगहरू’को प्रदर्शनी

काठमाडौं, फागुन २१ : मुगुका विद्यालयमा शिक्षा र कलात्मकता विकास गर्न ‘कर्णालीका रंगहरू’ चित्रकला प्रर्दशनी सञ्चालन गरिएको छ।पाटनढोकास्थित यलमाया केन्द्रमा कर्नाली आर्ट सेन्टरले...
मुगुकाे शिक्षाका लागि पाटनमा ‘कर्णालीका रंगहरू’को प्रदर्शनी

काठमाडौं, फागुन २१ : मुगुका विद्यालयमा शिक्षा र कलात्मकता विकास गर्न ‘कर्णालीका रंगहरू’ चित्रकला प्रर्दशनी सञ्चालन गरिएको छ।

पाटनढोकास्थित यलमाया केन्द्रमा कर्नाली आर्ट सेन्टरले प्रदर्शनी सञ्चालन गरेको हो। कार्यक्रममा संगीतज्ञ डा. लोचल रिजालको अरबाजो र सारंगीमा हृदय स्पर्शी गीत प्रस्तुती दिएका थिए।

त्यस्तै, लेखक बुद्धिसागरले कर्णालीको अनुभूतिलाई कवितामार्फत प्रस्तुत गरेका थिए। कार्यक्रममा डोल्पाकी गायिका फुर्वा साङ्मोले डोल्पो लवजमा गीत गाएकी थिइन्। उनलाई संगीतमा रैथाने संगीतकी अभियन्ता झुमा लिम्बूले साथ दिएकी थिइन्।

Hardik ivf

कर्णाली आर्ट सेन्टरका अध्यक्ष हिरा बिजुली नेपालीले प्रदर्शनीमार्फत मुगुको स्कुल–टु–स्कुल अभियानका लागि कोष संकलनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘अहिले कर्णालीको  पाँच वटा स्कुलको शिक्षा र कलाकारिताका लागि सहयोग जुटाउनेछौं। यसका आधारमा अन्य जिल्लामा पनि अभियान सञ्चालन गर्नेछौं,’ उनले भने।

प्रदर्शनीमा १९ वटा चित्रकला राखिएको छ। केहि चित्रकला बिक्री भइसकेका छन्।

मुगुकै कलाकार कोशल हमालको संयोजनमा ललितकलाका १५ विद्यार्थीको सहभागितामा दुई वर्षदेखि मुगुमा सात दिने आवासीय चित्रकला कार्यशाला आयोजना गरिएको थियो। तिनै कलाकारले बनाएका चित्र प्रदर्शनीमा राखिएका छन्।

कार्यशालामा कलाकार दुर्गा सुनुवार, मेनुका शाही ठकुरी, झंकार सापकोटा, केबी पाल्पाली, अनिल मचामसी, अनिल खड्का, अनिलकुमार भुजेल, अनिता लिम्बू, नितेश श्रेष्ठ, रोशन राई, प्रज्ज्वल सुवेदी र योगेनजंग क्षेत्री सहभागी थिए।  

फागुन १९ गतेदेखि शुरु भएको प्रर्दशनी फागुन २६ गतेसम्म चल्नेछ।

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्