Kathmandu Press

कोरोनाको खाेप लगाएका नौ जनामा गम्भीर असर

काठमाडौं, फागुन २१ : कोरोना भाइरसविरुद्धको खोप लगाएका नौ जनामा गम्भीर असर देखिएको छ।शुक्रबार कोरोनाबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
कोरोनाको खाेप लगाएका नौ जनामा गम्भीर असर

काठमाडौं, फागुन २१ : कोरोना भाइरसविरुद्धको खोप लगाएका नौ जनामा गम्भीर असर देखिएको छ।

शुक्रबार कोरोनाबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नौ जनामा गम्भीर असर परेको बताए। उनीहरुमा उच्च ज्वरो देखिएको उनले बताए।

देशभर शुक्रबारसम्म चार लाख २९ हजारले खोप लगाइसकेका छन्। उनीहरुमध्ये एक हजार नौ सय ११ जनामा सामान्य असर देखिएको डा. गौतमले बताए।

सामान्य असर देखिएकहरुमा खोप लगाएको भाग दुख्ने, सुनिने, गाँठो पर्ने, जिउ दुख्ने, टाउको दुख्ने र ज्वरो आउने लगायतका असर देखिएका थिए। यति धेरैलाई खोप लगाउँदा एक हजार नौ सय जनामा असर देखिनु सामान्य भएको उनको भनाइ थियो।

नेपालमा माघ १४ गतेबाट कोरोना खोप लगाउन थालिएको हो। अहिलेसम्म अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मीले खोप लगाएका छन्। त्यस्तै, पत्रकार, कूटनीतिक नियोगका अधिकारी, भन्सारमा कार्यरत कर्मचारीले पनि खोप लगाएका छन्।

अब दोस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी छ। त्यसका थप खोप ल्याउन लागिएको छ।

अहिलेसम्म भारतले अनुदानमा १० लाख र सरकारले खरिद गरेर १० लाख खोप ल्याएको छ।

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्