पर्यटन विकास आयोजनाका सवइन्जिनियर घुससहित पक्राउ
काठमाडौं, फागुन २१ : घुस लिएको आरोपमा मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ परेका छन् । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सवइन्जिनियर...
काठमाडौं, फागुन २१ : घुस लिएको आरोपमा मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ परेका छन् ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सवइन्जिनियर लामिछानेलाई निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
लामिछानेमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











