गैंडाको आक्रमणबाट एक जना घाइते
चितवन, फागुन २१ : पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक घाइते भएका छन्।घाइते हुनेमा रत्ननगर नगरपालिका-७ पिपरियाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी...
चितवन, फागुन २१ : पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्।
घाइते हुनेमा रत्ननगर नगरपालिका-७ पिपरियाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई शुक्रबार दिउँसो १२ बजे भैंसी चराउने क्रममा घर नजिकै बगरमा गैंडाले आक्रमण गरेको हो।
गैंडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











