Kathmandu Press

आफन्तले बुझे सम्झना बोहराको शव

गुल्मी, फागुन २१ : मृत भेटिएकी सम्झना बोहराको शव आफन्तले बुझेका छन्।प्रहरीले हत्याका आरोपित ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेपछि...
आफन्तले बुझे सम्झना बोहराको शव
हत्याका आरोपित लालबहादुर खत्रीलाई सार्वजनिक गरिँदै। फाइल तस्बिर

गुल्मी, फागुन २१ : मृत भेटिएकी सम्झना बोहराको शव आफन्तले बुझेका छन्।

प्रहरीले हत्याका आरोपित ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेपछि शुक्रबार उनका आफन्त शव बुझ्न तयार भएका हुन्।

बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते गुल्मीको रेसुंगा नगरपालिका–३ भाँडगाउँमा मृत भेटिएकी सम्झनाको शव पोस्टमार्टम गरे पनि हत्यामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने अडान आफन्तले राखेका थिए।


प्रहरीका अनुसार लालबहादुर बोहराको हत्यापछि घटना लुकाउन पीडित परिवार र स्थानीयले गरेको आन्दोलनमा समेत सहभागी भएका थिए।

उनले सम्झनाको हत्या आफैंले गरेको भनी स्विकारे गरे पनि पनि किन हत्या गरिएको भन्नेबारे जानकारी दिइएको छैन ।  

सम्झना माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन्। आरोपित लालबहादुरले नै गाउँमा शवको गन्ध आएको भनी स्थानीय जनप्रतिनिधिलाई खबर गरेको जनाइएको छ।

प्रहरीले लालबहादुरलाई सात दिन हिरासतमा राख्न गुल्मी जिल्ला अदालतबाट अनुमति लिएको छ। 

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्