Kathmandu Press

प्रत्येक वर्ष फ्याँकिन्छ ९३ करोड टन खाद्यान्न 

काठमाडौं, फागुन २१ : प्रत्येक वर्ष ९३ करोड टनभन्दा बढी खाद्यान्न फोहोरमा फालिने गरेको छ । संयुक्त राष्ट्र संघको एक रिपोर्टले प्रत्येक वर्ष ९३...
प्रत्येक वर्ष फ्याँकिन्छ ९३ करोड टन खाद्यान्न 

काठमाडौं, फागुन २१ : प्रत्येक वर्ष ९३ करोड टनभन्दा बढी खाद्यान्न फोहोरमा फालिने गरेको छ । संयुक्त राष्ट्र संघको एक रिपोर्टले प्रत्येक वर्ष ९३ करोड टनभन्दा खाद्यान्न फ्याँकिने देखाएको छ । 

संयुक्त राष्ट्र संघ वातावरणीय कार्यक्रम, युएलइपी र साझेदार संगठन डब्लुआरएपी, द फूड वेस्ट इंडेक्स रिपोर्ट २०२१ का अनुसार पसल, घर र रेष्टुरेन्टमा ग्राहकलाई उपलब्ध खाद्यान्नको १७ प्रतिशत खाद्यान्न फ्याँकिने गरेका छ । 

युएनईपीका कार्यकारी निर्देशक इङगर एन्डरसनले भने, ‘यदि हामी जलवायु परिवर्तन, प्रकृति र जैविक विविधता नोक्सान र प्रदूषण र फोहोरलाई हटाउने विषयमा गम्भीर हुन चाहन्छौं भने खाद्य पदार्थको फोहोर घटाउन विश्वव्यापी व्यापार, सरकार र नागरिकहरूले आफ्नो भूमिका खेल्नु पर्छ ।’
 

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्