Kathmandu Press

सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

सुर्खेत, फागुन २१ : जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको...
सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

सुर्खेत, फागुन २१ : जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । जिल्लाका ६०  केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म खोप लगाउने तयारी गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार पहिलो चरणमा फागुन २३ देखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा तथा दोस्रो चरणमा फागुन २६ देखि २८ गतेसम्म चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कार्यालय प्रमुख चेतननिधि वाग्लेले खोप अभियानका लागि २५६ भन्दा बढी स्वास्थ्यकर्मी, ६०० स्वयंसेवक र चिकित्सकसहितको चार टोली परिचालन हुने बताए ।

त्यस्तै पहिलो चरणमा गत माघ १४ गतेदेखि हालसम्म सुर्खेतमा सात हजार ४७५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकालाई वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाइएको छ । सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ । तीन जना नेपालगञ्ज तथा काठमाडौँका अस्पतालमा मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १०:१५ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्