पाककला पुस्तकमा महामारीको भान्सा
कोरोना भाइरसले विश्वभरका मानिसलाई घरभित्रै कैद बन्न बाध्य बनायो। मानिसले भान्सालाई पनि समय बिताउने थलो बनाए। र, पाककला पुस्तकका लेखकलाई कोभिड-१९ महामारी उपयोगी सावित भयो।
सन् २०२० मा अमेरिकाले प्रकाशित गरेका पाककला पुस्तकहरू यस वर्षको सांस्कृतिक शिल्पकृतिका रूपमा आएका छन्। कोरोना भाइरसले विश्वभरका मानिसलाई घरभित्रै कैद बन्न बाध्य बनायो। मानिसले भान्सालाई पनि समय बिताउने थलो बनाए। र, पाककला पुस्तकका लेखकलाई कोभिड-१९ महामारी उपयोगी सावित भयो।
एनपीडी बुक स्क्यानको आँकडाअनुसार अमेरिकाको समग्र पुस्तक बिक्री दर सन् २०२० मा १७ प्रतिशतले बढ्यो। जोआना गेन्सको ‘द कुइन अफ सिपल्याड’ केही लोकप्रिय पुस्तकमध्ये एक हो, जुन महामारीको समयमा पनि शीर्ष स्थानमा रहन सफल भयो। सन् २०२० मा उनको अत्यधिक लोकप्रिय ‘म्याग्नोलिया टेबल’ पनि न्युयोर्क टाइम्सको सबैभन्दा बढी बिक्री भएका पुस्तकको सूचीमा पर्यो।
यस्तै, इना गार्टेनको ‘मोडर्न कम्फर्ट फुड’ले दोस्रो स्थान हासिल गर्यो भने तेस्रो स्थानमा ‘ह्याप्पी इन अ हरी कुकबुक’ रह्यो, जो ‘फक्स एन्ड फ्रेन्ड्स’का होस्ट स्टिभ डोसी र उनकी श्रीमती क्याथीले प्रकाशित गरेका हुन्।
बे एरियाका सेफ ब्राइन्ट टेरीले लेखेको ‘भेजिटेबल्स् किङडमः द एबन्डेन्ट वल्र्ड अफ भेगन रेसिपी’ पुस्तक ३० हजार प्रति बिक्री हुँदै चौथौ स्थानमा रह्यो। द क्यालिफोर्निया सेफ तथा न्युयोर्क टाइम्सका ‘कन्ट्रिब्युटर’ सामिन नुसरतको पुस्तक ‘साल्ट फ्याट एसिड हिट’ न्युयोर्क टाइम्सको सूचीमा पाँचौँ स्थानमा रह्यो।
लेखक तथा नेसनल जोग्राफिकका अनुसन्धानकर्ता डान बुट्नेरको ‘द ब्लू जोन्स किचेनः हन्ड्रेड रेसिपी टु लाइभ टु हन्ड्रेड’ द न्यूयोर्क टाइम्सको सूचीमा छैटौं स्थानमा रहयो। यस्तै, क्लेयर सेफिजको ‘डेजर्ट पार्सनः रेसिपिज् एन्ड गाइडेन्स फर बेकिङ विथ कन्फिडेन्स्’ सातौँ स्थानमा देखियो।
यसैगरी, जिना होमोल्का र हिथर के. जोन्सद्वारा लिखित ‘स्किन्नीटेस्ट मिल प्रिपेरेसनः हेल्दी मेक अहेड मिल्स एन्ड फ्रिजर रेसिपिज् टु सिम्प्लिफाइ योर लाइफ’ आठौँ स्थानमा रह्यो। क्रिस्टिन क्याभलरीको पुस्तक ‘ट्रु कम्फर्टः मोर देन हन्ट्रेड कोजी रेसिपी फ्री अफ ग्लुटेन एन्ड रिफाइन्ड सुगर’ नवौँ स्थानमा रह्यो। र, जेसी जेम्स डेकरको ‘जस्ट फिड मीः सिम्प्ली लिसियस रेसिपी फ्रम माइ हार्ट टु योर प्लेट’ दशौँमा स्थानमा देखियो।
न्युयोर्क टाइम्सको सूचीमा परेका यी कोभिड-१९ महामारीका ‘बेस्ट सेलर’ पुस्तकले मानिसलाई घरभित्रको पट्यारलाग्दो दैनिकीलाई केही हदसम्म भए पनि सहज बनाउन सघाए। दिनहुँ एकै प्रकारको खानाबाट छुटकारा पाउन कुकहरू नयाँ ब्यञ्जन र प्रोजेक्टको खोजीमा जान्थे। व्यावसायिक कुकहरू महामारीअघि शनिबार पास्ता पकाउँथे। उनीहरू पनि महामारीपछि नयाँ परिकारको विधि खोज्न थाले।
महामारीको समयमा धेरै व्यक्तिलाई खाना पकाउन मद्दत आवश्यक भयो, जसले सामान्य पाककला किताबको लोकप्रियतालाई बढायो। बुक स्क्यानका अनुसार सन् २०२० मा धेरै खरिद भएका पुस्तकको श्रेणीमा पाककलासम्बन्धी किताब अग्रस्थानमा परे। र, यस्ता पुस्तकले दिक्कलाग्दो दिनचर्यालाई हल्का बनाए।
विश्लेषकहरूको भनाइमा सन् २०२० आत्म-संरक्षणको वर्ष बन्यो। र, सन् २०२१ सामाजीकरणको वर्ष हुनेछ। ‘सन् २०२० ले मानिसलाई विशेष अवसरमा पकाइने खाना घरमा पनि पकाउन सकिन्छ भन्ने बोध गरायो,’ स्टेन्ड पेज न्युजका सम्पादक सुश्री फोर्ब्सले भनिन्।
न्युयोर्क टाइम्सबाट
-(56)-1764919423.jpg)











