इदुल फित्रका दिन सार्वजनिक विदा
काठमाडौं, जेठ १६ : सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल फित्रका दिन सार्वजनिक विदा दिने भएको छ।
हालै बसेको मन्त्रिपरिष....

काठमाडौं, जेठ १६ : सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल फित्रका दिन सार्वजनिक विदा दिने भएको छ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले इदुल फित्रका दिन जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चार तना सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
यसअघि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक विदा दिन ध्यानाकर्षण गराएको थियो।
प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, जेठ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार