Kathmandu Press

सम्झना बोहरा हत्याका अभियुक्तलाई गरियो सार्वजनिक

गुल्मी, फागुन  २० : गुल्मीको रेसुंगा नगरपालिका-३ भाडगाउँकी सम्झना बोहराको हत्या अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई गुल्मी प्रहरीले बिहीबार सार्वजनिक छ।अभियुक्त खत्रीले...
सम्झना बोहरा हत्याका अभियुक्तलाई गरियो सार्वजनिक

गुल्मी, फागुन  २० : गुल्मीको रेसुंगा नगरपालिका-३ भाडगाउँकी सम्झना बोहराको हत्या अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई गुल्मी प्रहरीले बिहीबार सार्वजनिक छ।

अभियुक्त खत्रीले कर्तव्य गरेर मा २१ वर्षीया सम्झनाको हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । हत्याको कारणबारे भने प्रहरीले केही खुलाएको छैन।

बोहरा माघ २९ गते राति बेपत्ता भएकी थिइन् । त्यसको १८ दिनपछि फागुन १७ गते उनको शव घरनजिकै बारी कुनामा टाउको बोरामा राखेको अवस्थामा भेटिएको थियो ।

खत्रीले बोहरा बेपत्ता भएकै दिन हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । खत्रीले बेपत्ता भएकी सम्झनाको खोजीमा निकै सक्रियता देखाएका थिए।

पछि शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गर्ने उनी नै थिए । अभियुक्त खत्रीलाई जिल्ला अदालत गुल्मीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्