Kathmandu Press

दूरसञ्चार प्राधिकरणका सेवालाई गुणस्तरीय र भरपर्दो तुल्याउन सुझाव

काठमाडौं, फागुन २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन्।प्राधिकरणको २३औं वार्षिकोत्सवका...
दूरसञ्चार प्राधिकरणका सेवालाई गुणस्तरीय र भरपर्दो तुल्याउन सुझाव

काठमाडौं, फागुन २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन्।

प्राधिकरणको २३औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहमा उनले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिए।

‘दूरसञ्चार सेवा गाउँभन्दा पनि सहर केन्द्रित भएको छ, ग्रामीण विकास कोषबाट पनि सहरमै विकास भएको छ,’ मन्त्री गुरुङले भने, ‘अब पूर्वाधारको विकाससँगै यो सेवालाई गाउँसम्म पुर्याउन जरुरी छ।’

उनले दूरसञ्चार सेवालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने बताए। 
    
फरक प्रसंगमा सरकारका प्रवक्ता गुरुङले सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सफल भएको बताउँदै अब मुलुकमा शान्ति हुने विश्वास व्यक्त गरे।

उनले अब राजनीतिक अस्थिरताको अन्त्य हुने बताउँदै यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने बताए।

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, फागुन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्