Kathmandu Press

रुपन्देहीको विद्यालयलाई भारतको सवा चार करोड

काठमाडौं, फागुन २० : रुपन्देहीको एक विद्यालयलाई भवन निर्माणका लागि भारतले चार करोड २० लाख रुपैयाँ सहयोग दिने भएको छ।काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ......
रुपन्देहीको विद्यालयलाई भारतको सवा चार करोड

काठमाडौं, फागुन २० : रुपन्देहीको एक विद्यालयलाई भवन निर्माणका लागि भारतले चार करोड २० लाख रुपैयाँ सहयोग दिने भएको छ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माविको नयाँ भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराइन लागेको हो।

त्यससम्बन्धी सम्झौतामा बिहीबार दूतावासमा हस्ताक्षर भएको छ। समारोहमा दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उपमहानगरपालिकाका अधिकारीहरू उपस्थित थिए।
 

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्