Kathmandu Press

राजनीतिकीकरण भएको प्रहरीको कार्यशैली बदल्न आवश्यक: मुख्यमन्त्री गुरुङ

कास्की, जेठ १६: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्थामा सबैभन्दा बढी राजनीतिकीकरण भएको नेपाल प्रहरीको कार्यशैलीमा पर....

राजनीतिकीकरण भएको प्रहरीको कार्यशैली बदल्न आवश्यक: मुख्यमन्त्री गुरुङ

कास्की, जेठ १६: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्थामा सबैभन्दा बढी राजनीतिकीकरण भएको नेपाल प्रहरीको कार्यशैलीमा परिवर्तन ल्याउनु पर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्मित व्यायामशाला बिहीबार उद्घाटन गर्दै उनले सम्पूर्ण पुरानो संरचना भत्काएर संघीय शासन प्रणालीसहित नयाँ व्यवस्था, संरचनामा संस्थालाई ल्याउनुका साथै प्रहरीको कार्यशैलीमा सुधार ल्याउनु पर्ने बताए।

मुख्यमन्त्री गुरूङले भने,'व्यवस्था, संरचना र संस्था बदलियो, अब नेपाल प्रहरीको कार्यशैली पनि बदल्नुपर्दछ, अबको हाम्रो दायित्व भनेको राजनीतिकीकरण, पार्टीकरण र मन्त्रीकरणबाट प्रहरीलाई सुधार्नु हो।'

चारवटै सुरक्षा निकायलाई बदलिएको परिस्थितिअनुसार लोकतान्त्रिकीकीरण, व्यावसायिकीकरण र साधान–स्रोतयुक्त बनाइनुपर्नेमा उनको जोड थियो। 

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, जेठ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्