Kathmandu Press

सिन्धुलीमाडी बजार छलेर सडक बनाउन प्रधानमन्त्रीको निर्देशन

सिन्धुली, फागुन २० : प्रधानमन्त्री केपी शर्मा ओलीले धरान-चतरा-सिन्धुली-हेटौंडा वैकल्पिक सडक सिन्धुलीमाडी बजार क्षेत्र छलेर मात्र बनाउन निर्देशन दिएका छन्।प्रस्तावित मदन भण्डारी राजमार्गसमेत रहेको सो...
सिन्धुलीमाडी बजार छलेर सडक बनाउन प्रधानमन्त्रीको निर्देशन

सिन्धुली, फागुन २० : प्रधानमन्त्री केपी शर्मा ओलीले धरान-चतरा-सिन्धुली-हेटौंडा वैकल्पिक सडक सिन्धुलीमाडी बजार क्षेत्र छलेर मात्र बनाउन निर्देशन दिएका छन्।

प्रस्तावित मदन भण्डारी राजमार्गसमेत रहेको सो सडक बजार क्षेत्र हुँदै अघि बढाए धेरै घर भत्काउनुपर्ने स्थिति छ।

कमलामाई नगरपालिका-४ खट्टारदेखि धुराबजारसम्म ६ किलोमिटर सडक निर्माणमा अवरोध कायमै रहेको अवस्थामा प्रधानमन्त्रीबाट आएकाे सो भनाइले स्थानीयमा खुसी मात्र छाएको छैन, तुरुन्त सडक निर्माणले गति लिने विश्वास सराेकारवालाले राखेका छन्।  

सिन्धुलीमाडी बजार क्षेत्र हुँदै बन्ने सो सडकका लागि विकल्प खोज्न व्यापक दबाब सिर्जना भइरहेका छ।

सिन्धुलीको कमलामाई-२ स्थित कुसुमटारमा बिहीबार आयोजित सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सहरलाई जोगाएर बाटो बनाउनुपर्नेमा जोड दिएका हुन्।

बजार क्षेत्र हुँदै बाटो बनाउँदा धेरै घर भत्काउनुपर्ने र कमलामाई नगरवासीको उठिबास हुने अवस्था रहेको जानकारी पाएपछि प्रधानमन्त्री ओलीले बजार क्षेत्रभन्दा बाहिरबाट सडक निर्माण गर्न निर्देशन दिएका हुन्।

विकासका नाममा बन्दै गरेको सहर विनास गर्न नहुने बताउँदे उनले भौतिक पूर्वाधार मन्त्रीसित पनि परामर्श गरेर सहरबीचबाट बन्न लागेको सडक बाहिरबाट लाने वातावरण बनाउने वचन दिए।

निर्माणधीन धरान-चतरा-सिन्धुली-हेटौंटा राजमार्ग निर्माण कार्य करिब अन्तिम चरणमा छ। हालसम्म सो सडकको ८५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ।

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्