Kathmandu Press

पैसा नभएको २१ लाखको चेक दिने पक्राउ 

काठमाडौं, फागुन २० : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तेज बहादुर खड्का पक्राउ परेका छन् । ललितपुर महानगरपालिका १४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका १३...
पैसा नभएको २१ लाखको चेक दिने पक्राउ 

काठमाडौं, फागुन २० : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तेज बहादुर खड्का पक्राउ परेका छन् । 

ललितपुर महानगरपालिका १४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका १३ दयानगर घर भएका ४४ वर्षीय  खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भएका खड्कालाई बिहीबार  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकेर बस्दै आएको अवस्थामा पक्राउ गरेको हो।

खड्काले ०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको सफायर ट्रेडिङ् कम्पनी प्रा.लि. महालक्ष्मीस्थान ललितपुरको नामबाट संचालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएर बैकिङ कसूर गरेका थिए। 

उनले अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, फागुन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्